काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सभामुख देवराज घिमिरे यसअघि नै बालकोट पुगिसकेका छन् ।
अस्वस्थ भई बालकोटमै आराम गरिरहेका एमाले अध्यक्ष ओलीलाई भेट्न र वर्तमान समसामयिक अवस्थाबारे छलफल गर्न दुवै नेता बालकोट पुगेका हुन् ।
बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए ।
प्रतिक्रिया