३१ भदौ २०८१, सोमबार | September 17, 2024

आईपीएल : लखनउलाई हराउँदै चौथो स्थानमा उक्लियो पञ्जाब



काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै पञ्चाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को चौथो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा पञ्जाबले लखनउविरुद्ध २ विकेटको जित हात पार्‍यो ।

घरेलु मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रनको योगफल बनायो । १६० रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १९.३ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

पञ्चावका लागि सिकन्दर राजाले सर्वाधिक ५७ रन बनाए। उनले ३ छक्का र ४ चौका प्रहार गरे । यस्तै, म्याथ्यू शर्टले ३४ रन बनाए भने शाहरुख खानले अविजीत २३ रन बनाए । हरप्रति सिंहले २२ रन बनाए ।

पञ्जाबले निकै खराब सुरुवात गर्ने क्रममा अर्थव टाइड शून्य र प्रवसिमरनसिंह ४ रनमै आउट भए । अरु ब्याट्सम्यानले पनि राम्रो प्रदर्शन गर्न नसक्दा धर्मराएको पञ्जाबको पारी पाँचौं नम्बरमा आएका सिकन्दर राजाले उकासे ।

पञ्जाबविरुद्ध लखनउका लागि युद्धविर सिंह, मार्क वूड र रवि बिस्नोइले समान २-२ विकेट लिए । यस्तै, क्रिस्नप्पा गोथाम र क्रुनाल पाण्ड्याले समान १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा १५९ रन बनाउँदा कप्तान केएल राहलले ७४ रन बनाए। कायल मार्सले २९ रन जोडे । क्रुनाल पाण्ड्याले १८ तथा मार्कस स्टोनिसले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

लखनउविरुद्ध पञ्जाबका साम कुर्रनले ३ तथा कासिगो राबडँले २ विकेट लिए । यस्तै, अर्सदीप सिंह, हरप्रित ब्रार र सिकन्दर राजाले समान १-१ विकेट लिए ।

जितसँगै पञ्जाब ५ खेलबाट ६ अंक जुटाउँदै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । ५ खेलबाटै ६ अंक जुटाएको लखनउ रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ०२ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित