३१ भदौ २०८१, सोमबार | September 17, 2024

आईपीएल : चेन्नाईविरुद्ध राजस्थानको रोमाञ्चक जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्नाई सुपर किङ्सविरुद्ध तीन रनको रोमाञ्चक जित निकालेको छ ।

बुधबार एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा राजस्थानले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रनमात्र बनाउन सक्यो ।

चेन्नाईका डेविड कोनवेले ५० रन बनाए पनि टिमको हार टार्न सकेनन् । कप्तान महेन्द्र सिंह धोनीले ३२, अजिन्क्या रहानेले ३१ र रवीन्द्र जडेजाले २५ रन बनाए ।

राजस्थानका रविचन्द्रन आस्विन र युजवेन्द्र चहलले समान दुई विकेट लिए । एडम जाम्पा र सन्दीप शर्माले एक-एक विकेट लिए । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो ।

राजस्थानका जस बटलरले ५२ रन बनाए । देवदत्त पडिकलले ३८ रन जोड्दा रविचन्द्रन आस्विन र सिमरन हेटमायरले समान ३० रन थपे । चेन्नाईका आकाश सिंह, रवीन्द्र जडेजा र तुसार देशपान्डेले समान दुई विकेट लिए । मोइन अलिले एक विकेट लिए ।

जितसँगै चार खेलबाट ६ अंक जोडेको राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चार खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको पाचौं स्थानमा छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ६ : २६ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित