२७ फाल्गुन २०८१, मंगलबार | March 11, 2025

ताइवानलाई ‘हवाई नाकाबन्दी’ गर्न चीनको युद्ध अभ्यास



काठमाडौं । चीन र ताइवानको बिचको द्धन्द चरम अवस्थामा पुगेको छ । ताइवानको सिमा नजिक युद्ध अभ्यास सुरु गरेको चीनले ताइवान माथी ‘हवाई नाकाबन्दी’को लगाउने प्रयास स्वरुप नयाँ युद्ध अभ्यास गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार चीनले सोमबार युद्ध अभ्यासको क्रममा अप्रत्यक्ष रुपमा ताइवानको घेराबन्दीसमेत गरेको छ । सो क्रममा दर्जनौ लडाकु बिमानलाई ताइवानको हवाई क्षेत्रलाई बन्द गर्ने गरी अभ्यास गरेको जनाईएको छ ।

ताइवानकी राष्ट्रपति साई इंग वेनले अमेरिकाका प्रतिनिधिसभाका सभाका सभामुख केविन मैक्कार्थीलाई भेट गरे पछि आक्रोशित चीनले ‘हवाई नाकाबन्दी’को अभ्यास गरेको हो ।

चिनले जारी गरेको एउटा जानकारीमा भनिएको छ कि ‘गोला बारुदले भरिएको बिमान ताइवान माथी हमला गर्नका लागि अभ्यास गरिएको हो ।’ यो युद्ध अभ्यासमा चीनले शेडोंग बिमानबाहक युद्धपोत पनि समावेश गरिएको थियो छ ।

चिनका इस्टर्न थिएटर कमाण्डका अनुसार गोला बारुदले भरिएका दर्जनौं एच-सिक्स के लडाकु बिमान ताइवान माथी हमला गर्नका लागि अभ्यासमा ल्याईएको हो ।

चिनले ताइवानलाई धम्काएको यो पहिलो घटना भने होइन, यस्तो धम्काउने कार्य चीनले बेला बेलामा गर्दै आएको छ । जो अहिले सिमा क्षेत्रमा युद्ध अभ्यास गरेर फेरी सुरु गरेको हो ।

उता, सो युद्ध अभ्यासलाई लिएर ताइवानको रक्षा मन्त्रालयले हिन्द-प्रशान्त क्षेत्रमा चीनले शान्ति र स्थिरताको गम्भिर उलङघन गरिरहेको जनाएको छ । ताइवानले अन्य देशलाई यो पनि आग्रह गरेको छ कि चीनको यो अन्तर्राष्ट्रिय सिमामा गरेको युद्ध अभ्यास बिरुद्ध आफनो धारणा बाहिर ल्याउन जरुरी छ ।

 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : ४३ बजे

गणतन्त्रको विकल्प अरु हुन सक्दैन : सिके राउत

महोत्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजावादीहरुको सक्रियतालाई

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिम

मोरङ । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन्

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको

बिमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले

काठमाडौं । सरकारले डा रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी

ज्ञानेन्द्र शाहीको बिष्णु रिमाललाई अर्को कटाक्ष- वडा अध्यक्षको तयारी गर्नुस् !

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा