३१ भदौ २०८१, सोमबार | September 16, 2024

आईपीएल : लखनउको दोस्रो जित



काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ ।

जारी सिजनमा लखनउको दोस्रो जित हो । उसले पहिलो खेलमा दिल्लीलाई ५० रनले हराउँदा चेन्नई सुपर किंग्ससँग भने १२ रनको हार बेहोर्‍यो । तेस्रो खेलमा हैदराबादले दिएको १ सय २२ रनको सामान्य लक्ष्य लखनऊले १६ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि कप्तान केएल राहुलले ३५, कृणाल पाण्ड्याले ३४ र कायल मेयर्सले १३ रन बनाए । निकोलस पूरन ११ र मार्कस स्टोइनिस ११ रनमा अविजित रहे ।

हैदराबादका लागि आदिल राशिदले दुई, उमरान मलिक, फजदहक फारुकी र भुवनेश्वर कुमारले एकरएक विकेट लिए । त्यसअघि लखनउस्थित अटल बिहारी वाजपेयी एकना स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रन बनायो ।

उसका लागि राहुल त्रिपाठीले ३४, अनमोलप्रीत सिंहले ३१, अब्दुल समदले अविजित २१ र वासिङ्टन सुन्दरले १९ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । लखनउका लागि कृणाल पाण्ड्याले तीन, अमित मिश्राले दुई, रवि विश्नोई र यश ठाकुरले एकरएक विकेट लिए ।

यो जितसँगै लखनउ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलबाट ४ अंक जोडेको छ । लगातार दोस्रो हार बेहोरेको हैदराबाद पुछारमा रहेको छ । ऊ पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ०५ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित