३१ भदौ २०८१, सोमबार | September 17, 2024

आईपीएल : कोलकताको पहिलो जित, बैंगलोर ८१ रनले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले पहिलो जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा कोलकताले रोयल च्यालेन्ज बैंगलोरलाई ८१ रनले हरायो ।

इडन गार्डन मैदानमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो । २०५ रनको विजयी लक्ष्य पछ्याएर ब्याटिङ थालेको बैंगलोर १७.४ ओभरमा १२३ रनमा अलआउट भयो ।

बैंगलोरलाई सस्तैमा समेट्ने क्रममा वरुण चक्रवर्तीले ४ विकेट लिए। यस्तै, सुयास शर्माले ३, सुनिल नारिनेले २ र सार्दुल ठाकुरले १ विकेट लिए । बैंगलोरका कप्तान फाफ डुप्लेसीले बनाएको २३ रनको योगफल नै सर्वाधिक रह्यो । विराट कोहली २१ रनमा आउट भए ।

कोलकाताका शार्दुल ठाकुरले ६८ रन बनाए । रहमानुल्लाह गुरबाजले ५७ रन बनाए भने रिंकु सिंहले ४६ रन बनाए । बैंगलोरका कर्न शर्मा र डेभिड विल्लेले समान २-२ विकेट लिए । यस्तै, मोहम्मद सिराज, मिचेल ब्रेसवेल र हर्सल पटेलले समान १–१ विकेट लिए ।

२ खेलमा पहिलो जित निकालेको कोलकाता २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । बैंगलोर भने २ अंकका साथ ७औं स्थानमा छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : १८ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित