काठमाडौं । सत्ता गठबन्धनले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सिंहदरबारमा आयोजना गरिएको एक कार्यक्रममा सरकारका प्रवक्ता रेखा शर्माले सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिन् ।
साझा कार्यक्रममा विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमती र सम्झौताहरूलाई हृदयङ्गम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिवद्ध रहने उल्लेख गरिएको छ ।
संयुक्त सरकारका आर्थिक्क नीति, सामाजिक रुपान्तरण, गुणस्तरीय सेवा प्रवाह गर्नेलगायतका विषयलाई कार्यक्रममा समेटिएको छ। यस्तै शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने, सन्तुलित अन्तररष्ट्रिय सम्बन्धमा जोड दिने जस्ता विषय पनि समेटिएको छ ।
सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मन्त्री शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसदको रक्षार्थ भएको सङ्घर्षको भावनाअनुरूप प्रतिनिधि सभाको पूर्ण कार्यकालको सुनिश्चितता गर्दै आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गरी देशमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान संयुक्त सरकार गठनका लागि पहल गर्ने तथा समर्थन गर्ने दलहरू यो साझा न्यूनतम कार्यक्रममा सहमत भएको बताइन् ।
पूर्णपाठ :
प्रतिक्रिया