२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

मलेसियाको संसदले खारेज गर्यो अनिवार्य मृत्युदण्डको ब्यवस्था, झन्डै १४ सय कैदीको ज्यान जोगिने सक्ने



क्वालालम्पुर । मलेसियाको संसद्ले अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ ।

मृत्युदण्डको अन्त्यका लागि गत हप्ता संसदमा दर्ता भएका दुई वटा विधेयकलाई बहुमतले पारित गरे पछि अनिवार्य मृत्युदण्डको सजायको ब्यवस्था खारेज भएको हो ।

बिबिसीका अनुसार मलेसियन संसद्ले पारित गरेको ति बिद्येयकहरु ऐनका रुपमा कार्यान्वयनमा आएसँगै हत्या, आतङ्कवादसहित ११ प्रकारका गम्भीर अपराधमा दिइने अनिवार्य मृत्युदण्डको सजाय अब हटेको छ । तर, असाधारण घटनाहरूमा भने मृत्युदण्डको आदेश दिनका लागि न्याधीशहरूले पाइरहेको स्वविवेकीय अधिकार भने कायमै राखिएको छ ।

मलेसियामा ३४ वटा अपराधमा मृत्युदण्ड दिने व्यवस्था रहेकोमा ११ वटामा भने अनिवार्य मृत्युदण्ड दिइने गरिन्थ्यो । नयाँ कानुन निमार्णसँगै अब त्यो हटेको छ ।

मलेसियाका बिभिन्न अदालतको फैसाला पछि मृत्युदण्ड तोकिएका एक हजार तीन सय ४१ जना कैदीहरू हाल मृत्युदण्डको पर्खाइमा रहेको मलेसियन समाचार संस्थाहरुले जनाएका छन । नयाँ कानुन निमार्ण भएसँगै अब उनीहरूको ज्यान जोगिनसक्ने वाटो खुल्ला भएको छ । जसअनुसार यसअघि नै मृत्युदण्डको फैसला सुनाइएका तर सजाय पाउन बाँकी कैदीहरुले अब ९० दिनभित्र सजायबारे पुनरावेदन माग गर्ने समयसमेत पाउने व्यवस्था गरिएको छ ।

अझैसम्म मृत्युदण्डको सजाय दिइने विश्वका ५३ देशहरूमध्ये मलेसिया पनि एक हो ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ९ : ०७ बजे

समान्य घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

नेपालगन्ज । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, शवलाई बोरामा हालेर खोला किनारमा गाडीयो

सिरहा । गोलबजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट