२८ मंसिर २०८२, आइतबार | December 14, 2025

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो



वासिङ्टन । अमेरिकी दक्षिण र मध्यपश्चिम क्षेत्रमा आएको विनाशकारी आँधीबेहरीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । दक्षिणी मैदानी क्षेत्रका केही भागमा व्यापक आँधी आउन सक्ने सम्भावना रहेको सीएनएनले जनाएको छ । गत शुक्रबार अमेरिकी भूमिमा अवतरण भएको यो आँधीले सयौँ घर र व्यवसायहरूलाई आंशिक तथा पूर्णरूपमा ध्वस्त पारेको थियो ।

अर्कान्सासका मेयर जेनिफर हब्सका अनुसार, अर्कान्सासको वेनमा चार जनाको मृत्यु भएको छ । आँधीले शहरको पश्चिमी सीमाबाट यसको पूर्वीसम्म विनाशको रेखा छोडेको थियो ।

उनले भने, “हामीलाई यी परिवारहरूलाई पुनः प्र्राप्त गर्न मद्दत गर्न सक्ने सबै सहयोगको आवश्यकता छ ।” अर्कान्सास, इन्डियाना र टेनेसीराज्यमा मृत्यु हुनेको संख्या आइतबार १५ पुगेको अधिकारीहरूले बताएका छन् ।

मेम्फिस प्रहरी विभागले एक विज्ञप्ति जारी गर्दै दुई बालबालिका र एक वयस्कको मृत्यु भएको जनाएको छ । अर्कान्सासका गभर्नरले नर्थ लिटिल रकमा आँधीका कारण एक जनाको र वाइनमा दुई जनाको मृत्यु भएको जानकारीपछि बताएपछि शुक्रबार दिउँसो आपतकालीन अवस्थाको घोषणा गरेका थिए ।

सिएनएनका अनुसार खराब मौसमका कारण मिसौरीमा पनि आपतकालीन अवस्था घोषणा गरिएको छ । उत्तरी इलिनोइसमा शुक्रबार राति बेल्भिडेरेस्थित एक नाट्यशालाको छाना भत्किँदा एक जनाको मृत्यु हुनुका साथै अन्य २८ जनालाई अस्पतालमा भर्ना गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

इन्डियाना स्टेट पुलिसका सार्जेन्ट म्याट एम्सका अनुसार इडियानाको सुलिभान कन्ट्रीमा शेरमेनबाट लगभग १५० माइल पूर्वमा रहेको आँधीका कारण तीन जनाको मृत्यु भएको छ । नेशनल वेदर सर्भिसले अर्कान्सास, इलिनोइस, इन्डियाना र टेनेसीका अतिरिक्त विस्कन्सिन, आयोवा र मिसिसिपीमा पनि आँधीको रिपोर्ट दिएको थियो । राष्ट्रिय मौसम सेवाका अनुसार आँधीको प्रणाली शनिबार बिहानै पूर्वतिर सर्दै गर्दा अलाबामा र जर्जियाका केही भागमा चक्रवातको चेतावनी जारी गरिएको छ । रातारात आएको चक्रवातले मिसिसिपीको रोलिङ फोर्कको अधिकांश भागलाई जलमग्न बनाएको छ ।

जहाँ अनुमानित अधिकतम १७० माइल प्रतिघण्टाको दरमा आँधी आएको थियो । अमेरिकी राष्ट्रपति बाइडनले गत हप्ता आएको आँधीका कारण सबैभन्दा बढी प्रभावित मिसिसिपी समुदायको रोलिङ फोर्कको भ्रमण गरेका छन । आँधीले रोलिङ फोर्क र आसपासका शाकी काउन्टीमा १३ जनाको ज्यान लिनुका साथै दर्जनौँ घर तथा व्यवसायलाई आँशिक वा पूर्णरूपमा क्षति पु¥्याएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ३ : ४५ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको