३१ भदौ २०८१, सोमबार | September 17, 2024

प्रचण्ड मन्त्रिपरिषदले आज पूर्णता पाउँदै



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदले आज पूर्णता पाउने भएको छ । बिहीबार नै मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले मन्त्रालय बाँडफँटको सहमति जुटाउन नसकेपछि मन्त्रिपरिषद् विस्तार आजलाई सरेको हो ।

शुक्रबार बिहान सत्ता साझेदार दलका नेताहरुसँग छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने प्रधानमन्त्रीको तयारी रहेको बताइएको छ ।

हिजो बसेको गठबन्धन बैठकमा मिल्न बाँकी मन्त्रालयहरू आफैं मिलाउने भन्दै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए ।

दलहरुबीच संख्याका विषयमा सहमति जुटेपनि उकै मन्त्रालयमा धेरैदलको दाबी आएपछि कुरा मिल्न नसकेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार अर्थ, गृह, रक्षा र सञ्चार जस्ता महत्वपूर्ण मन्त्रालयका विषयमा टुंगो लागेपनि अन्य मन्त्रालयहरुमा एक भन्दा बढी दलको दाबी आएको छ । अर्थ र रक्षा कांग्रेसले तथा गृह र सञ्चार माओवादी केन्द्रले लिने दलहरु सहमत भईसकेका छन् ।

सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २र२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १र१ मन्त्रालय पाउने समझदारी छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ३८ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित