२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

थ्री स्टारलाई हराउँदै सुदुरपश्चिम-११ २२ औं तिलोत्तमा गोल्डकपको फाइनलमा



बुटवल । शनिबारदेखि बुटवलमा सुरु भएको २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको फाइनलमा सुदूरपश्चिम-११ प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाईनल खेलमा सुदूरपश्चिम-११ ले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफना सिट सुरक्षित गरेको हो ।

गोलरहित बराबरीमा निकै प्रतिष्प्रर्धात्मक खेलको दोस्रो हाफको ४० औं मिनेटमा सुदूरपश्चिम-११ लागि फागुराम थारुले गोल गर्न सफल भएका हुन । यो संगै सुदूरपश्चिम-११ पहिलो पटक तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत हुँदै सुदूरपश्चिम ११ का बिष्णु चौधरीले ११ हजार १ सय ११ रुपैयाँ, यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तर्गत विहिबार सेमिफाईनलको दोस्रो खेल फ्रेण्डर्स क्लव र मनाङ मस्र्याङदीका बीच दिउंसो साढे ३ बजे हुनेछ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ ।

गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ६ : ०२ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको