२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

मलावीमा चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु, पाँच लाखभन्दा बढी विस्थापित



सिन्ह्वा । दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु भएको छभने पाँच लाख आठ हजार दुई सय ४४ जना विस्थापित भएका छन् ।

यसअघि सरकारी विपद् व्यवस्थापन विभागले चार सय ७६ जनाको मृत्यु भएको तथा चार लाख ९० हजार विस्थापित भएका बताएको थियो । आँधीबाट एक हजार तीन सय ३२ जना घाइते भएका छन् भने चार सय २७ जना हराइरहेका जनाएको थियो ।

आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । राजधानीका धेरै घर पहिरामा पुरिएका छन् । आँधी प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् । विस्थापित परिवारको व्यवस्थापनका निम्ति तीन सय ३४ केन्द्र खडा गरिएको विभागका आयुक्त चाल्र्स कलेम्बाले बताएका छन् ।

मलावीको शिक्षा मन्त्रालयले यो महिनाको अन्त्यसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको छ । विस्थापित परिवारलाई विद्यालयमा व्यवस्थापन गरिएकाले पठनपाठन स्थगन गरिएको उक्त मन्त्रालयले जनाएको छ ।

छिमेकी ताञ्जानिया र जाम्बियाका साथै संयुक्त अधिराज्यको सहयोगमा देशको सुरक्षा बल, प्रहरी र उद्धारकर्मीको टोलीले खोज तथा उद्धारलाई जारी राखेका छन् । सडक सम्पर्कबाट विच्छेद भएका स्थानमा हवाई सेवामार्फत राहत सामग्री, औषधिका साथै उद्धारकर्मी पु¥याइएको छ ।

देशका १५ जिल्ला आँधीबाट प्रभावित भएका छन् भने औसतभन्दा अधिक वर्षा भएर प्रभावितमध्येका तीन जिल्लामा जनजीवन कष्टकर बनेको छ । ती जिल्लामा चक्रवात साम्य भए पनि भारी वर्षा भएको छ ।

चक्रवात प्रभावित क्षेत्रको भ्रमणपछि मलावीका राष्ट्रपति लाजरस चकवेरालले विदेशी नियोग, सरकार, स्थानीय एवम् अन्तरराष्ट्रिय संस्था एवम् कम्पनीसँग सहायताका निम्ति अपिल गरेका थिए । राष्ट्रपतिको अपिलअनुरुप ती निकायले सहायता परिचालन गरे पनि त्यो पर्याप्त नभएको राहत तथा उद्धारमा संलग्न अधिकारीहरूले गुनासो गरेका छन् ।

यसैबीच, दक्षिण अफ्रिकी विकास समुदायले मानवीय सहायतास्वरूप मलावीलाई तीन लाख अमेरिकी डलर उपलव्ध गराउने घोषणा गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  २ : १० बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका