२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

परिचयात्मक कार्यक्रममा विद्यार्थी नहुँदा उम्मेद्वार आक्रोशित, ३३०० विद्यार्थी रहेको क्याम्पसमा १० जना सहभागी



भैरहवा । भैरहवा बहुमुखी क्याम्पसमा भएको परिचयात्मक कार्यक्रममा विद्यार्थीहरू नै नहुँदा स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवारहरूले आक्रोस व्यक्त गरेका छन् ।

चैत ५ गते देशव्यापी रूपमा स्ववियू निर्वाचन भएपनि भैरहवा बहुमुखी क्याम्पस लगायत केही क्याम्पसहरुमा भने निर्वाचन हुन बाँकी छ ।

भैरहवा बहुमुखी क्याम्पसमा भने ८ गते हुने भएको छ । उक्त निर्वाचनलाई मध्यनजर गरी स्ववियू निर्वाचन समितिको आयोजनामा भएको कार्यक्रममा शिक्षक, विद्यार्थी नेता उम्मेदवार बाहेक मतदान गर्ने विद्यार्थीको उपस्थित नै नभएको र क्याम्पस प्रशासनले राजनिती गरी रहेको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष एवं सभापतिका उम्मेदवार सागर न्यौपानेले व्यक्त गरे ।

त्यस्तै लोकतान्त्रिक विद्यार्थी संघका अध्यक्ष जैनुद्नि देवानले क्याम्पसले प्रशासनले आफु निकट संघठनका लागि भोट माग्ने गरेको आरोप लगाए ।

परिचयात्मक कार्यक्रममा उम्मेदवारहरूले विद्यार्थीहरू समक्ष आफ्ना एजेन्डाहरू प्रस्तुत गर्न नपाएको गुनासो अधिकांस स्ववियूका उम्मेदवारहरुले गरेका छन् र क्याम्पसले यो कार्यक्रममा फैजुल खर्च गरेको उम्मेद्वारहरूले अविव्यक्त गरेका छन् । विद्यार्थीहरूलाई जम्मा गर्न प्रयास गर्दागर्दै असफल भएको स्ववियू निर्वाचन समितिले जनाएको छ ।

करिब ३३०० विद्यार्थी भोटर रहेको भैरहवा बहुमुखी क्याम्पसमा जम्मा १७०० विद्यार्थीले परिचयपत्र बनाएका छन् भने परिचयात्मक कार्यक्रममा १० जना विद्यार्थी मात्र सहभागी भएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : १५ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको