१ बैशाख २०८२, सोमबार | April 14, 2025

एपिएफलाई पराजित गर्दै फ्रेण्डस क्लब २२ औं तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा प्रवेश



बुटवल । विभागिय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई स्तब्ध पार्दै फ्रेण्डस क्लब बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा पुगेको छ । शनिबारदेखी शुरु भएको गोल्डकपको तेस्रो खेलमा फ्रेण्डस क्लव ले २-१ गोल अन्तरले एपिएफलाई पराजित गरेको हो ।

निकै प्रतिष्प्रर्धात्मक भएको खेलमा २-० को अन्तर भोगिरहेको एपिएफले एक गोल गरपनि जितको लागि पर्याप्त भएन् ।

फ्रेण्डसको तर्फबाट खेलको दोस्रो हाफको ८ औं मिनेटमा डोना थापा र दोस्रो हाफको ३७ औं मिनेटमा विदेशी खेलाडी राफिक अमिनले एक एक गोल गरेका थिए । एपिएफको तर्फबाट ९० मिनेट पछिको ईन्जुरी समयमा प्रबिनले गोल गरेपनि खेलमा फर्किन भने सकेनन् ।

खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत हुँदै फ्रेण्डस क्लबका राफिया एमाण्डुले ११ हजार १ सय ११ रुपैयाँ, यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरेका थिए ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ ।

गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ६ : ५७ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु