३० चैत्र २०८१, शनिबार | April 12, 2025

राष्ट्रिय क्रिकेट खेलका क्याप्टेन पौडेल भैरहवामा



भैरहवा । रूपन्देही क्रिकेट संघ द्वारा राष्ट्रिय खेलका क्याप्टेन रोहित पौडेललाई स्वागत गरीएको छ । क्रिकेट खेलका क्याप्टेन रोहित पौडेललाई, आज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरी होटेल पौवा भैरहवामा एक कार्यक्रममा बिच स्वागत गर्दै परिचयात्मक कार्यक्रम गरीएको हो ।

आईसीसी लिग-२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई विश्वभर चिनाएका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेललाई रूपन्देही क्रिकेट संघले स्वागत गर्दै बधाई दिएको रूपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले जानकारी दिए ‌। खेल र खेलकुदलाई निरन्तर रुपमा अगाडि बढाउन पौडेललाई रूपन्देही क्रिकेट संघले प्रोत्साहन गरेको छ ।

परिचयात्मक कार्यक्रममा रूपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, उपाध्यक्ष धिरज अधिकारी, कोषाध्यक्ष निरज खाँण, अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचन, नवलपरासी खेलकुद विकास समितिका अध्यक्ष रितमान काम मगर, नवलपरासी खेलकुद विकास समितिका कोषाध्यक्ष गोबिन्द प्रधान, नवलपरासी नगर नगरपालिका का खेलकुद संयोजक दिपक थापा, आई टि एफ टेक्वाण्डोका केन्द्रिय सदस्य प्रेम कामु मगर, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी वासु थापा र दुर्गा सेन, पूर्व राष्ट्रिय खेलाडी दिपेन्द्र लामगाडे, ईमरान खान र होटल पौवामा जनरल मेनेजर गिरीराज पाण्डेको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ६ : ३४ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको