१ बैशाख २०८२, सोमबार | April 14, 2025

कृषि पेशामा दक्ष जनशक्ति उत्पादन गर्न तालिम



भैरहवा । कृषि ज्ञान केन्द्र रुपन्देहीको आयोजनामा बिउ बिजन उत्पादन, प्रमाणीकरण, तथा बिक्री वितरण सम्बन्धी तालिम दिने भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी तालिम सम्बन्धी जानकारी दिइएको हो ।

रुपन्देही जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाका एग्रोभेट सञ्चालक जे।टि।ए अध्ययनरत विद्यार्थीहरुलाई कृषिमा आवश्यक पर्ने बिउ बिजन उत्पादन गुणस्तरीयताबारे जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो । तालिम यही चैत्र ८ देखि ११ गते सम्म रहने आयोजकले जनाएको छ ।

उदघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चापागाईले रुपन्देही जिल्ला कृषिको हब भएको बताउँदै तालिम पश्चात पाईने प्रमाण-पत्र किशानहरुलाई गुणस्तरीय बिउ बिजन उपलब्ध गराउन आग्रह गरे । उनले भने ‘किसानको मर्म बुझेर काम गर्न सके भने सफलता पाउन सकिन्छ ।’

कार्यक्रमका अध्यक्ष कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख सन्देश धितालले बिउ बिजनको गुणस्तरको अवस्था, बाली सम्बन्धी सम्पूर्ण जानकारी बिउ बिजन उत्पादन गर्न उपयुक्त साधनको विषयमा सहभागीहरुलाई जानकारी गराई दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताए ।

कार्यक्रममा निमित्त प्रमुख शालिग्राम पौडेल, कृषि विकास निर्देशनालयका हरि प्रसाद पण्डित रोशन बस्नेत र करिव १०० प्रशिक्षर्थीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन कृषि प्रवक्ता अनिल कानु बानियाले गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ५ : ५० बजे

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु

धम्बोझी चोकमा आजबाट महाराजा रेष्टुरेन्टको पूर्ण सेवा संचालनमा

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै नेपालगन्जमा थप एक अत्याधुनिक रेष्टुरेन्ट

विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं