९ आश्विन २०८१, बुधबार | September 25, 2024

सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो



काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको भाउ सोमवार  घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन अहिले सम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । सो दिन सुन तोलाको १ लाख १० हजार रुपैया कायम भएको थियो ।

यसैगरी, सोमबार तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १३ सय ३० सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ १३ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ११ : ५६ बजे

घाँसेमैदान बनेको नेपालगन्ज रङ्गशाला प्रयोगमा ल्याउन बाँके जिल्ला फुटबल संघको माग

नेपालगन्ज । नेपालगन्जमा सुबिधा सम्पन्न खेलकुद रङ्गशाला भएर पनि खेदाडीहरुले

आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन

काठमाडौं । आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल

बेइजिङ । उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा