१० पुस २०८१, बुधबार | December 25, 2024

सिकलसेलको अध्ययन गर्दै जापानी डाक्टर नाकामुरा



दाङ । जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेकी छन् । दाङ तुलसीपुरमै मधुमेह रोगका बारेमा ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेकी उनले सिकलसेलका बारेमा अनुसन्धान गर्न थालेकी हुन् ।

चार वर्षअघि तुलसीपुर आउँदा उनले थारू समुदायमा मात्रै लाग्ने सिकलसेल रोगका बारेमा जानकारी पाएको जनाउँदै त्यसमा पनि आफूले अध्ययन गर्न थालेको बताइन् । “मैले चार वर्षअघि दाङको तुलसीपुरमै मधुमेह रोगका बारेमा अनुसन्धान गरेर विद्यावारिधि गरेकी छु”, नेपाली भाषामा डा नाकामुराले भनिन्, “मैले थारू समुदायमा मात्रै लाग्ने सिकलसेल एनिमियाबारे जानकारी पाएँ, अहिले यसकै रिसर्च गरिरहेकी छु ।” यहाँ चार वर्षअघि तुलसीपुर आएर करिब तीन महिना तुलसीपुर बसेकी थिइन् । त्यतिबेला सिकलसेलका बारेमा केही अध्ययन गर्न पाएको बताइन् । बीचमा पनि नेपाल आएर त्यो रोगका बारेमा अध्ययन गर्ने योजना रहे पनि कोभिडले गर्दा आउन नपाएको उनले बताइन् ।

अहिले उनी एक हप्ताका लागि पुनः नेपाल आएकी छन् । उनी एक हप्तासम्म दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाका सिकलसेल एनिमिया पीडितसँग भेटघाट गर्नेछिन् । त्यसपछि पुनः जापान फर्किने उनले बताइन् । आगामी असारमा पनि पुनः नेपाल आएर बिरामीसँग भेटघाट गर्ने उनले बताइन् ।

डा. नाकामुरालाई थारू स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष जीवराज चौधरीलगायतले स्वागत गरेका थिए । त्यस अवसरमा अध्यक्ष चौधरीले सरकारले नै यो रोगका विषयमा चासो नदेखाएको अवस्थामा जापानी नागरिकले अध्ययन, अनुसन्धान गर्नु आफ्ना लागि ठूलो सहयोग रहेको बताए । उनले सरकारी अध्ययनअनुसार नेपालमा ११.३ प्रतिशत थारू समुदायमा यो रोग लाग्ने गरेको तथ्याङ्क छ । तर पूर्णरूपमा थारू समुदायमा सिकलसेल परीक्षण नहुँदा त्यसले आधिकारिकता पाउन नसकेको भन्दै सबै थारू समुदायमा सिकलसेल एनिमिया जाँच हुनुपर्ने उनले बताए ।

सिकलसेल एनिमियाबाट धेरै जनाको मृत्यु भइसकेको र केहीले उपचारमा रु २० लाखभन्दा पनि बढी खर्च गरिसकेको पनि उनले बताए । यस्तो रोगको उपचारका लागि अहिलेसम्म नेपालमा अस्पतालसमेत स्थापना हुन नसकेको बताउँदै उनले बाँकेको नेपालगन्जमा सिकलसेल एनिमिया अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गरेको भए पनि त्यसमा राज्यले उचित तरिकाले हेर्न नसकेको दुःखेसो पोखे । डा. नाकामुराले सोही अस्पतालका लागि रु एक लाख सहयोग गरेकी छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ८ : २० बजे

सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कपको उपाधि डब्ल्युएनओ नेपाल च्याप्टरलाई

काठमाडौँ । वल्र्ड नेवा अर्गनाइजेसन (डब्ल्युएनओ) नेपाल च्याप्टरले दोस्रो सत्यनारायणबहादुर

सूर्य नेपाल इस्टर्न ओपन सुरु, कोर्स रेकर्डसहित निरजलाई चार स्ट्रोकको अग्रता

धरान । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत तेस्रो प्रतियोगिता

Hot Air Balloon Festival revitalizes tourism in Pokhara

Pokhara: The International Balloon Festival taking place in the tourist

बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता

पोखरा । पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय

भीम रावल एमालेबाट निस्काशित; वृन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोसियो

काठमाडौं । मिनबहादुर गुरुङबाट पार्टीले ‘दान’मा जग्गा लिएको विषयमा आलोचना