३० चैत्र २०८१, शनिबार | April 12, 2025

रूपन्देही नेपाली खेलाडी उत्पादनको थलो हो : चन्द



बुटवल । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले रुपन्देहीकै कारण नेपाल क्रिकेटले उचाइ हासिल गरेको बताए ।

नेपाल टेलिकम रुपन्देही सुपरलिग २०७९ समापन कार्यक्रममा बोल्दै चन्दले अहिले नेपाल क्रिकेटको सिनियर टोली र यु १९ टोलीले जुन उचाइ हासिल गर्यो त्यो रुपन्देहीले क्रिकेट खेलमा गरेको योगदानका कारण हो भन्न आफुले कुनै संकोच नमान्ने बताए ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले नगरपालिकाले क्रिकेट खेलको लागि धेरै योजना अघि बढाएको बताइन् । अधिकारीले सिद्धार्थ रंगशालामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न क्यानलाई आग्रह गरिन् ।

कार्यक्रमका अध्यक्ष रुपन्देही क्रिकेट संघको अध्यक्ष हरि थापाले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गराउन रुपन्देही तयार रहेको बताए ।

समापन कार्यक्रममा प्रतियोगितामा उपाधि बिजेता वेस्टर्न क्रिकेट क्लवले १ लाख, र उपबिजेता लुम्बिनी खुकुरी क्लवले ५० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा प्रतियोगिताको मेन अफ द सिरिज घोषित हुँदै अनिल कुमार शाहले १५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा इखलाख वार्सीले बेस्ट बलर, बेस्ट ब्याटर प्रज्ववल थापा र इमर्जिगं प्लेयर सुरेश आले प्राप्त गरे ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : ३० बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको