२ पुस २०८२, बुधबार | December 17, 2025

अनमोल लेख्छन्- नवौं फिल्ममा चुकें, दशौं फिल्म करियरको दोस्रो सत्रको सुरुवात हुनेछ



काठमाडौं । अभिनेता अनमोल केसी स्टारर नवौं फिल्म ‘छड्के २’ बक्सअफिसमा असफल साबित भइसकेको छ । गत साताबाट प्रदर्शनमा आएको यो फिल्म सोही मितिमा रिलिज अर्को फिल्म ‘छक्का पन्जा ४’सँग प्रतिष्पर्धा गर्नुपर्ने दबाब त छँदै थियो, तर सुरुकै दिनबाट ‘छड्के २’ले दर्शकको साथ पाउन सकेन ।

खास गरी फिल्ममा अनमोलको अभिनयप्रति दर्शकमाझ तिब्र असन्तुष्टि र निर्देशकको कमी कमजोरी उस्तै देखियो । बरु फिल्मका निर्देशक निगम श्रेष्ठ फिल्ममा हाबी देखिए । जसको असर अभिनेता अनमोलदेखि उनका समर्थकसम्म पुग्यो ।

यहीबीचमा अनमोलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले दर्शकलाई निराश बनाएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले फिल्म ‘छड्के २’मा आफू परिपक्क हुनुपर्ने भए पनि त्यसमा चुकेको स्वीकारेका छन् ।

‘मलाई थाहा छ, मैले ‘२.० छड्के’मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ, जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगे । वहाँहरुलाई नै निरास बनाउँदा म झनै दुःखी भएको छु । छड्के २ मेरो नवौं फिल्म थियो, नवौं फिल्ममा आइपुग्दा म झनै परिपक्क हुनुपर्ने थियो, यहाँनेर म चुक्न पुगें’, उनले लेखेका छन्, ‘विश्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ, घाम डुबेपछि भोलि फेरि नयाँ बिहानी हुन्छ । म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरुमा मल्हम लगाउनेछु । अब नवौं पछिको दशौं फिल्म दशपछिको शुन्य हटेपछि बन्ने एक अर्थात् आज म शुन्यमा छु, र मेरो करियरकै पहिलो फिल्म मेरो दशौं फिल्म हुनेछ । अर्थात मेरो करियरको दोस्रो सत्रको सुरुवात मेरो अबको फिल्मबाट हुनेछ ।’

अनमोल अगाडि लेख्छन्, ‘जबसम्म शुभचिन्तक र दर्शकहरुको साथ र सहयोग रही रहनेछ, मेरो कोशिस निरन्तर जारी रहन्छ । पशुपतिनाथले हामी सबैको कल्याण गरुन ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ३ : ४६ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको