३१ भदौ २०८१, सोमबार | September 17, 2024

राष्ट्रपति निर्वाचन : मौन अवधि सुरु



काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । फागुन २५ गते हुने निर्वाचनका सोमबार मध्यरातिदेखि मौन अवधि सुरु भएको लागि निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ ।

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको थियो । उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड-७२, संख्या ३२ मा प्रकाशन भइसकेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पनि सोही आचारसंहिता लागू भएको थियो ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुन्छन् । संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का ३३२ जना सदस्य र ७ वटै प्रदेश सभाका ५५० जना सदस्य गरी ८८२ जना मतदाता रहेका छन् ।

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । कांग्रेसका पौडेललाई सत्तारुढ माओवादी केन्द्रसहितका दलहरुको साथ छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ७ : ३४ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित