२३ भदौ २०८१, आइतबार | September 8, 2024

‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ सार्वजानिक



पोखरा । शिक्षासेवी रत्नमान गुरुङद्वारा नेपाली, अंग्रेजी र गुरुङ भाषामा लिखति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक पुस्तक प्रकाशनमा आएको छ ।

पोखरामा शनिबार आयोजित एक कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्तले पुस्तकको लोकार्पण गरे । साहित्यकार गुरुङ करिब चार दशकदेखि पोखराको शैक्षिक उन्नयनका क्षेत्रमा क्रियाशील छन् । प्याब्सन, नेल्टा र रोटरी क्लब अफ मिडटाउनका पूर्व अध्यक्ष रहेका उनी हाल गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका अध्यक्ष रहेका छन् ।

कार्यक्रममा वरिष्ठ सहित्यकार सरुभक्तले भाषा र साहित्य क्षेत्रका रत्नका रूपमा रत्नमान उदाएको जनाउँदै गुरुङ भाषा विज्ञान जस्तो गहन विषयमा कृति प्रकाशन गरेकामा प्रशंसा गरे ।

उनले भने,“साहित्यकार र भाषाविद् हुनु फरक कुरा हुन् । हाम्रा मातृभाषा लोपोन्मुख अवस्थामा पुगिरहेका छन् । भाषिक समुदाय वर्गीकृत भएर होइन, एकीकृत भएर अघि बढ्नु पर्छ । ”

कृतिको समीक्षा गर्दै पृथ्वीनारायण क्याम्पसका नेपाली विभाग प्रमुख प्राडा कुसुमाकर न्यौपानेले नेपाली र अङ्ग्रजी भाषाका अध्येताका लागि गतिलो पुस्तकका रूपमा उक्त कृतिलाई चित्रण गरे । कृतिको पहिलो भागमा भाषा, व्याकरण र लिपिका बारेमा बृहत्त चर्चा गरिएको छ र यसैगरी दोस्रो भागमा गुरुङ वाक्यविज्ञानसम्बन्धी उल्लेख गरिएको छ ।

कार्यक्रममा पुस्तकका लेखक गुरुङले आफ्नो अध्ययन गर्ने बानीको उपज यो पुस्तकको सिर्जना भएको र क्रमशः ध्वनिविज्ञान, वर्णविज्ञान, अर्थविज्ञान आदिमा पनि कलम चलाउँदै जाने बताए ।

कार्यक्रममा गीतकार तथा तुम धीँ युकेका सल्लाहकार एकेन्द्र गुरुङ, कृतिका प्रकाशक भक्तिदेवी गुरुङ, गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका पूर्व अध्यक्ष सुन्दर गुरुङ, शिक्षाविद् जर्ज जोन, साहित्यकार रुपिन्द्र प्रभावी, तमु धीँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, कवि चित्रकुमार गुरुङ लगायतले पुस्तकको समीक्षा गरेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : २० बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर