४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

महायज्ञको पूर्व तयारीका लागि खजुरामा सरसफाई अभियान



खजुरा । धार्मिक पर्यटनकालागि महायज्ञको तयारीमा रहेको बाँकेको खजुरा बजारमा सरसफाई कार्यक्रम संचालन गरिएको छ । खजुरा स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा यहि फागुन २४ गते देखि सुरुहुने श्रीमदभागवत ज्ञान महायज्ञ २०७९ को पूर्व तयारी स्वरुप महायज्ञ संचालन हुने बजार क्षेत्रमा सरसफाई गरिएको हो ।

खजुरा क्षेत्र संरक्षण समितिको अगुवाईमा महायज्ञस्थल खजुरा बजारको मुख्य बजार र एक नम्बर बजारमा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रममा सुरक्षाकर्मी, संघसस्था, ज्ञानोदय स्काउट तथा स्थानीयहरुको सहभागीता रहेको थियो । कार्यक्रममा महायज्ञ आयोजक लक्ष्मीनारायण मन्दिर व्यवस्थापनि समिति सहित मुल समितिका सदस्यहरुको पनि सक्रिय सहभागीता रहेको थियो ।

खजुरालाई सुन्दर र सफा बजार बनाउन सरसफाई अभियान संचालन गरिएको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बहादुर बुढाथोकीले जानकारी दिए ।

सप्ताहव्यापी रुपमा हुने महायज्ञमा प्रसिद्ध माधुर्य भागवत कथा वाचक पण्डित श्री बालकृष्ण अर्यालले संगितमय कथा वाचन हुने लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए । क्यान्सर अस्पतालका संकल्पकर्ता दीनदयाल महाराजको संयोजन र संरक्षकत्वमा महायज्ञ संचालनको तयारी तिब्ररुपमा अगाडि बढेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ९ : २६ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day