२३ भदौ २०८१, आइतबार | September 8, 2024

उपप्रधानमन्त्री श्रेष्ठद्वारा कमलविनायक–नगरकोट सडकको अनुगमन



भक्तपुर । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार भक्तपुरको सडकको अनुगमन गरेका छन् । भक्तपुरको सल्लाघारीदेखि नगरकोटसम्मको सडकमा पुगेर श्रेष्ठले सडकको अवस्थाबारे अनुगमन गरेका हुन् ।

अनुगममको क्रममा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवको पनि सहभागिता थियो । सन् २०१४ जुन ५ मा सम्झौता भएर सन् २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सडक विस्तारको जिम्मा ठेक्कामा दिइएको थियो ।

सडकको ठेक्का आराभाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले लिएका थिए । दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भए पनि नौ वर्षसम्म पनि नभएपछि मन्त्री श्रेष्ठ सडक अनुगमनमा आइपुगेका हुन् ।

सम्झौताअनुसार काम सम्पन्न नगरेपछि पटकपटक म्याद थप्दै आएको छ । भक्तपुर–नगरकोट–सिपाघाट सडक योजना अनुसार पहिलो चरणमा नगरकोटसम्मको सडकको काम भएको हो । सडक निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  २ : २७ बजे

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

म्याग्दी । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा ।

ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै

खोटाङ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको

कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए

झाडा लागेर बाँकेको जानकी गाउँपालिकामा एक जनाको मृत्यु

बाँके । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ