२३ भदौ २०८१, आइतबार | September 8, 2024

दिल्लीको मेयरमा शैली ओबराय, केजरीबाले भने, ‘गुण्डागर्दी पराजय भयो’



नयाँ दिल्ली । आम आदमी पार्टीकी उम्मेदवार डा. शैली ओबेरोय दिल्लीको नयाँ मेयरमा निर्वाचित भएकी छन् ।

यस चुनावमा शेली ओबरायले १५० मत प्राप्त गरे भनेभारतिय जनता पार्टीका उम्मेदवार  रेखा गुप्ताले ११६ मतमा सिमित भइन् ।

मेयर बनेपछि डा. शैली ओबेरोयले यो सदनलाई संवैधानिक ढंगले चलाउने विश्वास दिलाउने बताइन् । ‘सदनको गरिमा कायम राख्दै सदनलाई सुचारु रूपमा सञ्चालन गर्न सबैले सहयोग गरिदिनुहुनेछ भन्ने आशा लिएको छु’ उनले भनिन् ।

रायको जीतसँगै दिल्ली नगर निगमबाट १५ वर्षपछि भारतीय जनता पार्टी बाहिरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि शेली ओबेरोयलाई चुनाव जितेकोमा बधाई दिएका छन् । अरविन्द केजरीवालले ट्विट गर्दै  ‘आज दिल्लीको नगर निगममा दिल्लीका जनताको जित भयो, गुंडागर्दी पराजित भयो ।’ उनले ओबराय मेयरमा निर्वाचित भएकोमा दिल्लीका जनतालाई बधाई समेत दिएका छन ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ४८ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर