९ आश्विन २०८१, बुधबार | September 25, 2024

चालु आर्थिकको वर्ष ७ महिनामा ८ खर्ब २५ अर्ब व्यापार घाटा



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कूल रू १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । यसमध्ये रू नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा रू ९३ अर्ब ४३ करोड २३ लाख बराबरको मात्रै निर्यात भएको देखिएको हो ।

यो अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा नौ दशमलव २३ प्रतिशत छ । गत माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट रू दुई खर्ब १२ अर्ब १२ करोड ७४ लाख बराबर भन्सार राजस्व उठेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारको तुलनामा यसवर्षको सोही अवधिमा गरेको व्यापार २० दशमलव ८४ प्रतिशतले घटेको छ ।

त्यस्तै गतवर्षको तुलनामा आयात १९ दशमलव ९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको विभागले जनाएको छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत हो । माघ मसान्तसम्ममा नेपालले भारतबाट रू पाँच खर्ब ७० अर्ब ९६ करोड ९७ लाख बराबरको सामान आयात गरेको छ । यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने रू ६६ अर्ब २२ करोड ६५ लाख बराबर मात्रै छ । छ महिना अवधिमा चीनबाट रू एक खर्ब २५ अर्ब पाँच करोड २४ लाख बराबरको आयात गरेको छ भने रू ४२ करोड २६ लाख बराबरको मात्रै निर्यात गरेको छ ।

यो अवधिमा नेपालले वैदेशिक व्यापार गरेको तेस्रो ठूलो मुलुक इन्डोनेसिया हो । इन्डोनेसियाबाट रू ५७ अर्ब ९ करोड ६९ लाख बराबरको आयात हुँदा रू १० करोड ३६ लाख बराबर मात्रै निर्यात भएको छ । त्यस्तै, संयुक्त अरब इमिरेट्सबाट रू २० अर्ब २६ करोड २५ लाख बराबरको सामान आयात हुँदा रू २५ करोड ८९ लाख बराबरको निर्यात भएको छ ।

अर्जेन्टिनासँग रू १८ अर्ब ५६ करोड ६० बराबरको आयात र रू १० लाख २० हजार बराबरक निर्यात कारोबार भएको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात गरेको छ । विभागका अनुसार छ महिनामा रू ८४ अर्ब ६१ करोड ६४ लाख बराबरको डिजेल, रू ३८ अर्ब ७३ करोड ३३ लाख बराबरको पेट्रोल र रू ३३ अर्ब ३४ करोड बराबरको एलपी ग्यास आयात भएको छ । यही अवधिमा नेपालले रू २६ अर्ब ४२ करोड ४२ लाख बराबरको अप्रशोधित सोयाबिन तेल आयात गरेको छ ।

त्यसैगरी, रू २३ अर्ब ६६ करोड बराबरको फलाम, रू १८ अर्ब ४५ करोड ३५ लाख बराबरका सुनजन्य वस्तु, रू १७ अर्ब ७६ करोड बराबरको अप्रशोधित पाम आयल र रू १४ अर्ब ७६ करोड ८३ लाख बराबरको स्मार्टफोन आयात भएको देखिन्छ ।

छ महिना अवधिमा नेपालबाट सबैभन्दा धेरै पाम आयल निर्यात भएको छ । यो अवधिमा रू १३ अर्ब ९२ करोड ६७ लाख बराबरको पाम तेल निर्यात भएको देखिएको हो । त्यस्तै, सोयाबिन तेल रू आठ अर्ब २७ करोड ७५ लाख बराबरको निर्यात भएको छ । विभागका अनुसार रू चार अर्ब ८९ करोड ७३ बराबरको अलैँची र रु दुई अर्ब ५८ करोड ३४ लाख बराबरको चिया निर्यात भएको छ ।

वैदेशिक व्यापार गर्ने सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सार हो । वीरगञ्ज भन्सारबाट छ महिना अवधिमा रू तीन अर्ब ४३ करोड ६३ लाख ४३ हजार बराबरको सामान आयात भएको छ भने रु २३ अर्ब २८ करोड ४० लाख बराबरको निर्यात भएको छ । नेपालले यो अवधिमा गरेको कूल वैदेशिक व्यापारमा वीरगञ्जबाट मात्र ३७ दशमलव ३९ प्रतिशत आयात भएको छ भने कूल निर्यातको २४ दशमलव ९२ प्रतिशत हिस्सा रहेको छ ।

त्यस्तै, भैरहवा भन्सारबाट रू एक खर्ब ३० अर्ब ५३ करोड ९३ लाख बराबरको आयात र रू पाँच अर्ब ४२ करोड ७० लाख बराबर निर्यात भएको छ । विराटनगर भन्सारबाट रू एक अर्ब ६ करोड ९० लाख १९ हजार बराबरको आयात हुँदा रू २५ अर्ब ५३ करोड ८० लाख बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : ३३ बजे

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

दाङ । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने

नेपालगन्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको रकम सहित २ जनालाई

खेल र संस्कृति राष्ट्रियता प्रवर्धनका आधार : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

माओवादीले तोक्यो सुपका ९ जिल्ला इन्चार्ज

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशका नौ

मधेशका मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको काम

जनकपुरधाम । मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको