१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

धावनमार्ग पुगेको जहाजमा समस्या देखिएपछि पार्किङ–वे फिर्ता



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि आज उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको छ ।

विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ ।

यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको जहाजमा इन्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार जहाजमा के समस्या देखिएको हो भन्ने खुलेको छैन । जहाज अहिले पार्किङ–वेमै छ ।

जहाज कम्पनीका इञ्जिनीयरले उक्त जहाजमा भएको समस्याका विषयमा छानबिन गरी उडानका लागि योग्य भन्ने जानकारी गराएपछि मात्रै उडान अनुमति पाउने विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  २ : ४५ बजे

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक । धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना

एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एसको

साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

चर्चित बसाईं उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध