२३ भदौ २०८१, आइतबार | September 8, 2024

किन हुन्छ ग्याँस सिलिण्डर विस्फोट ?, चन्द्र भण्डारी निवासको विस्फोटको छानविन जरुरी



बुटवल । २०६७ जेठ १० गते बिहान ८.०० बजे काठमाडौं, स्वयम्भुको बिजयश्वरीमा डेरा गरी बस्दै आएका रमेश नेपालीको सारा परिवारले अकालमै ज्यान गुमाउनु प¥यो । खाना पकाउन ग्यांस बाल्दै गर्दा रमेशकी श्रीमती सीता, ४ वर्षीय छोरा रमित र १ वर्षकी सानी बालिका रमिला नेपालीको अनाहकमै ज्यान गयो । ग्यास सिलिण्डर विस्फोटमा अन्य ४ जना पनि घाइते भए ।

त्यसैगरी ०६७ साउन २९ गते शनिबार ग्यांस सिलिण्डर विस्फोटमा परिन् एकीकृत नेकपा (माओवादी)की सभासद् रामकुमारी यादव । मध्यान्ह ३.०० बजे भान्छामा पुगेर कोठाको बिजुलीको स्वीच अन गर्ने क्रममा ग्यांसबाट आगलागी हुँदा उनी जलेर गम्भीर घाइते हुन पुगिन् । उपचारको क्रममा भारतमा उनको पनि दुखद् निधन भयो । २०७७ असोज २९ गते काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका थिए । बुधबार राती बुद्धनगर स्थित कांग्रेस नेता चन्द्र भण्डारीको निवासमा पनि ग्यास सिलिण्डर विस्फोट भयो । ७९ वर्षिया आमाको निधन भएको छ भने सांसद भण्डारी अस्पतालमा उपचाररत छन् ।

बिगत एक वर्षमा मात्र मुलुक भर ग्यांस दुर्घटनामा १२ बढी नेपालीको मृत्यु भईसकेको र लाखौको धनमाल नष्ट भएको छ । नेपालमा जति पनि ग्यांस उद्योग छन् तिनले प्रयोग गर्ने सिलिण्डर ज्यादै पुराना छन् । ती सिलिण्डर हाईड्रोलिक परीक्षणसमेत गरिएका छैनन् । ग्यांस चुहिने धेरै कारण मध्ये सिलिण्डरको कम गुणस्तर हुनु हो । ग्यास सिलिण्डर र चुल्होसँग जोडिएका समस्या बारे अज्ञानताले उपभोक्तामा लापरवाही बढाएको छ ।

अन्तर्राष्ट्रिय मान्यता अनुसार ७ वर्षमा एक पटक सिलिण्डरको हाइड्रोलिक परीक्षण गर्नुपर्छ । तर नेपालमा सिलिण्डरको हाइड्रोलिक परीक्षणमा सरकारी निकायको भूमिका कंही देखिएको छैन । नाफा मात्रै हेर्ने तर गुणस्तर नहेर्ने कम्पनीहरुको बेवास्ता त डरलाग्दो रुपमै देखिएको छ । हाइड्रोलिक परिक्षण गर्ने ल्याव सरकारसँग छैन भने उद्येगीहरुले आफै तयार गरेको प्रबिधिमा प्रयोग योग्य भएको विश्वास गर्न सरकार बाध्य छ ।

राज्यको अनुगमन फितलो भएकै कारण प्रत्येक पसलहरुमा मापदण्ड बिपरित रेगुलेटर , ग्यांस चुल्हो र पाईपहरु सजिलै उपलब्ध हुने गरेका छन् ।

ग्यांस बिक्रि सम्बन्धमा २०६३ साल पौष २८ गते सर्बोच्च अदालतका न्ययाधीस द्वय केदार प्रसाद गिरी र शारदा श्रेष्ठको संयुक्त ईजलासले गरेको एउटा फैसलामा नेपाल गुणस्तर (प्रमाण चिन्ह ) ऐन २०३७ ले दिएको अधिकार प्रयोग गरी नेपाल गुणस्तर परिषद्ले तर्जुमा गरि लागु भएको एल.पि ग्यांस सिलिण्डर आचारसंहिता नेपाल गुणस्तर ३७६/२०५३ को नियमहरुको नियम ३।१२मा सिलिण्डरलाई उद्योगकै सम्पत्ति मानी ग्यांसको सिलिण्डर दुर्घटना भई क्षती भएमा उद्योगलाई नै जिम्मेवार बनाउने प्रावधान राखिएको छ ।

ग्यासको सिलिण्डरबाट दुर्घटना भयो भने त्यसका कम्पनी र बिक्री गर्ने बिक्रेतालाई समेत उपभोक्ता हित संरक्षण ऐन अनुसार कर्तव्य ज्यान मुद्दा लाग्ने र क्षतिपूर्तिको दाबीसहित कारवाही हुन सक्ने ब्यवस्था भएपनि उपभोक्तालाई यसबारे कहिं कसैले जानकारी दिएको पाईंदैन । ग्यास कम्पनीहरुले क्षेतिपुर्ति दिएको वा सजाँय भोगेको पनि नेपालमा देखिएको छैन । नेपाल आयल निगमले फुटरिङ गरेको भन्दै कहिलेकाहीँ आवाज उठाउने गरेपनि उपभोक्ताबादी संस्था मौन बसेपछि निगम बालमतलव गरेर बस्ने गरेको छ ।

सांसद भण्डारीको निवासमा ग्यास विस्फोट भएपछि पुनः सिलिण्डरको मापदण्ड, गुणस्तरियता र हाइड्रोलिक परिक्षण भए नभएको विषयमा राज्यले छानविन गर्न जरुरी देखिएको छ । विस्फोट भएको सिलिण्डर बनेको साल, परिक्षण गरिएको मिति र सिलिण्डर नष्ट गर्नु पर्ने मिति समेत अनुसन्धान गरिनु पर्ने देखिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १ : ०९ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर