इटहरी । मदिरा पिएर कुटपिटमा उत्रिएको आरोपमा कलाकार पवन खतिवडा (म्याकुरी) प्रहरी हिरासतमा पुगेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मंगलबार राति मोरङको बेलबारी नगरपालिका-१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिएपछि उनलाई पक्राउ गरेर हिरासतमा राखिएको हो ।
बेलबारीका इन्सपेक्टर खगेन्द्र धमलाका अनुसार ‘म्याकुरीसहित दुई जनालाई बेलबारीका एक युवालाई कुटपिट गरेको पाएपछि पक्राउ गरिएको हो ।
सो कुटपिटबाट सामान्य घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ ।
प्रतिक्रिया