काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
दुईदिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आएका सचिव क्वात्राले मंगलबार उप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।
सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरुबीच दुईदेशबीच भएका सन्धि सम्झौता, नेपालको आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको छ ।
भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय उठाएका विदेशसचिव क्वात्राले नेपालको रेल्वे विकासमा नेपालकै जनशक्तिलाई दक्ष बनाउनुपर्ने बताए ।
विदेशसचिव क्वात्राले अरुण तेस्रो आयोजनाको एक्सेस रोड निर्माणसम्बन्धमा राखेको चासोप्रति उपप्रधानमन्त्री श्रेष्ठले यस कार्यलाई नेपालले चाँडै अगाडि बढाउने जवाफ दिएका छन् ।
प्रतिक्रिया