२ मंसिर २०८१, आइतबार | November 17, 2024

जनयुद्ध दिवसबारे गगन र विश्वप्रकाशलाई मिनेन्द्रको प्रश्न – पार्टीको धारणा राष्ट्रपति निर्वाचनपछि आउने हो ?



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारको १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णयप्रति पार्टीको धारणा सार्वजनिक नभएको नेतृत्वप्रति प्रश्न उठाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ फागुनमा मनाउने जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जसअनुसार सोमबार सार्वजनिक बिदा दिइएको छ ।

तर, यसबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक नभएकोप्रति नेता रिजालले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीको धारणा राष्ट्रपतिको निर्वाचनपछि आउने हो भन्दै व्यंग्यसहित प्रश्न गरेका छन् ।

‘सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू,’ उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा नेता रिजाल लेख्छन् :

एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’बारे हाम्रो दल नेपाली कांग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि ? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू ।

सम्झनाका लागिः

नेपाली कांग्रेसको सभापति श्री गिरिजा प्रसाद कोइराला रहनुहुँदा २०६५ मा वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा एमाले सहभागी भएको सरकारले नीति कार्यक्रममा सशस्त्र द्वन्द्वको सट्टा अहिलेझैँ शब्द प्रयोग गर्दा हाम्रो दलको तर्फबाट ती शब्द हटाउन संसदमा मैले संशोधन पेस गरेको थिएँ । माओवादी, एमाले अहिलेको एकीकृत समाजवादी, समाजवादी, जसपा, लोसपाका नेताले त उबेला पनि यी शब्द उचित छन् भनि संसदमा सरकारको नीति कार्यक्रमको पक्षमा मत हालेकै हो ।
 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  २ : ३८ बजे

कालिकाद्धारा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी सम्मान

बुटवल । बुटवल उपमहानगर पालिका वडा नम्बर १० मा अवस्थित

पूर्वसभामुख ढुङ्गानाको निधनमा राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा दुःख

पूर्वसभामुख ढुङ्गानाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति

हुस्सु र कुहिरोले हवाई उडान प्रभावित

काठमाडौं । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा

पूर्व सभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ ।