८ बैशाख २०८२, सोमबार | April 21, 2025

निर्वाचन प्रणालीमा सुधारका लागि सुझाव दिन प्रमुख निर्वाचन आयुक्तको आग्रह



काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणाली र कानुनमा गर्नुपर्ने सुधारका लागि सरोकारवाला पक्षसँग सुझाव माग गरेका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा परिचालित पर्यवेक्षण संस्थाका प्रतिनिधिसँगको समीक्षा कार्यक्रम समापन समारोहलाई आज सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचन सञ्चालन र व्यवस्थापनका अनुभवका आधारमा आयोगले कानुन संशोधनका लागि गृहकार्य गरिरहेको जानकारी दिए ।

उनले विज्ञ र अनुभवीको सुझावका आधारमा संविधान र कानुनमा संशोधन भएमा त्यसलाई कार्यान्वयन गर्न आयोग तत्पर रहेको स्पष्ट गरे । निर्वाचन प्रणालीमा हुनुपर्ने नीतिगत सुझावका लागि अध्ययन भइरहेको जनाउँदै उनले जनताको चाहना, माग र आवश्यकताका आधारमा प्रणालीगत सुधार गर्नुपर्ने भएकाले त्यसका लागि सोचिदिन आग्रह गरे ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनमा उम्मेदवारको मनोनयनका समयमा उम्मेदवारलाई तोकिएको कागजपत्र र स्वघोषणा गर्न लगाउनेसम्म आयोगको कार्यक्षेत्रमा भए पनि कुन उम्मेदवारको नागरिकता कायम रहेको हो वा होइन भनेर तत्काल प्रमाणीकरण गर्न नसकिएको उल्लेख गरे ।

कार्यक्रममा मानवअधिकारकर्मी प्रा कपिल श्रेष्ठले आयोगलाई निर्वाचनको मिति तोक्ने सवालमा कानूनी स्वायत्तता दिइनुपर्ने बताए । कार्यत्रक्रममा निर्वाचनमा संलग्न ३७ संस्थाका प्रतिनिधिले समूहगत छलफलका आधारमा निर्वाचनका असल अभ्यास र चुनौतीबारे आयोगले सुझाव दिएका थिए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ८ : ४० बजे

प्रधानमन्त्री ओली र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकासबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल

मुस्ताङ । यहाँको थासाङ गाउँपालिका-२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा

ताप्लेजुङ बलेरो आगलागी : निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको

कालीकोटमा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको

पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा आगलागी, चारजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा