३ आश्विन २०८१, बिहिबार | September 20, 2024

खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाइँदै, बाँकेको खजुरामा महालक्ष्मीको ठुलो मुर्ति स्थापना गरिने



बाँके र बर्दियामा धार्मिकरुपमा प्रसिद्ध खजुराको लक्ष्मीनारायण मन्दिर परिषरमा ठुलो आकारको लक्ष्मीको मुर्ति स्थापना गरिने भएको छ । आज मन्दिर परिषरमा भएको भेलाले मुर्ति स्थापनाका लागि महायज्ञ संचालन गर्ने निर्णय गरिएको छ ।

मन्दिर परिषरमा गरिने हरेक संकल्प पूरा हुने जनविश्वास कमाएको लक्ष्मीनाराण मन्दिरलाई त्यस क्षेत्रकै धार्मिक पर्यटनको केन्द्र बनाउने गरि महायज्ञ गर्ने तयारी अगाडी बढाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । मन्दिर परिषरमा गरिएको संकल्पबाट खजुरामा पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल निर्माण भएको, खजुरामा महत्वकांक्षी खानेपानी योजना सफल भएको, खजुरा संरक्षण समितिको जन्म भएको प्रमाणहरु पेश गर्दै अध्यक्ष श्रेष्ठले मन्दिरमा संकल्प गरेर आँटिएका उद्योग कलकारखाना र व्यवसाय पनि सधैं सफल भएको दाबी गरे ।

महायज्ञका लागि आयोजित भेलालाई सम्बोधन गर्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले लक्ष्मी नारायण मन्दिरलाई केन्द्रमा राखेर खजुराका अन्य धार्मिकस्थलहरुको प्याकेज बनाउन सकिने बताए । उनले खजुरा क्षेत्रमा रहेका अन्य मठ मन्दिरहरुलाई धामकारुपमा विकास गरेर धार्मिक पर्यटकलाई खजुरा भित्राउन गाँउपालिकाले योजना बनाउने प्रतिबद्धता व्यक्त गरे ।

खजुरा ३ का वडा अध्यक्ष पुर्णबहादुर भण्डारीले वडाबाट मुर्ति स्थापना गरि धार्मिक पर्यटन प्रवर्धन गर्न तत्काल एक लाखको बजेट घोषणा गर्दै थप बजेटका लागि पहल गर्ने बताए ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष धनिराम ओली, बाम नेता तथा सामाजिक अभियन्ता भक्तबहादुर केसी, कांग्रेस महासमिति सदस्य लक्ष्मीनारायण शाह, कांग्रेसका पूर्व बाँके सभापति कृष्णमान श्रेष्ठ, खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीलगायतले खजुराको मन्दिरमा गरिएको संकल्प सबै पुरा भएको धारणा राखेका थिए ।

२०४३ सालमा स्थापना भएको लक्ष्मी नारायण मन्दिरमा मन्दिर परिषर भित्रै शिवालय, विश्वकर्मा र हवनकुण्ड तथा रुद्रीअभिषेकस्थल स्थापना गरिएको छ । भेलाले शिवराज श्रेष्ठको अध्यक्षतामा २५१ सदस्सीय महायज्ञ मुल समिति गठन गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ४ : ३७ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day