२ बैशाख २०८२, मंगलबार | April 15, 2025

अवतार-३ मा चार्ली च्याप्लिनकी नातिनी



लसएन्जल्स । फिल्म ‘अवतार द वे अफ वाटर’ गत वर्ष १६ डिसेम्बरमा रिलिज भयो । फिल्मले गत वर्ष रिलिज भएर सर्वाधिक कमाउने फिल्मको चौथो स्थानमा आफूलाई उभ्यायाये । फिल्मले विश्वस्तरमा २ दशमलब १३ बिलियन डलर कमाई गरेको थियो ।

हालैमात्र फिल्मका निर्देशक जेम्स क्यामरुनले ‘अवतार ३’ र ‘अवतार ४’को सुटिङ पुरा गरेको बताएका छन् । उनले भविष्यमा ‘अवतार ५’ पनि बन्न सक्ने जनाउ दिएका छन् । यही बीचमा फिल्मका निर्माता जोन लेन्डोले ‘अवतार ३’मा चार्ली च्याप्लिनकी नातिनीले अभिनय गर्ने गरेका छन् ।

‘‘अवतार ३’मा नावीको नयाँ रेसको बारेमा देखाइनेछ । जसको धेरै विरोधी हुने सम्भावना छ । यसमा चार्ली च्याप्लिनकी नातिनी ओना च्याप्लिनले पनि महत्वपूर्ण भूमिका निभाउनेछिन्’, जोनले भनेका छन् ।

सन् २०१८ मा च्याप्लिनले ‘अवतार’ फ्रेञ्चाइजीको तारिफ गरेकी थिइन् । उनले यसलाई ‘ट्रोजन हर्स फिल्म’का रुपमा बताएकी थिइन् । जोनले फिल्मको चौथो फ्रेञ्चाइजीमा समयको ठूलो छलाङ देखाउने खुलासा पनि गरेका छन् । ‘जसले दर्शकलाई ‘अवतार ५’ तिर लैजानेछ । जुन फिल्म धर्तीमा बनेको हुनेछ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ६ : १४ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु