२ बैशाख २०८२, मंगलबार | April 15, 2025

परेसलाई कठोर कारबाही नगर्न आदेश



मुम्बई । कलकत्ता हाई कोर्टले बलिउड अभिनेता तथा भाजपा नेता परेश रावललाई बोलीकै कारण कठोर कारबाही नगर्न आदेश दिएको हो ।

उच्च न्यायालयले तलातला प्रहरीलाई परेशले बोलेको ‘बंगालियो के लिएर मछली पकाओ’ लाई लिएर कुनै पनि कठोर कारवाही नगर्न आदेश दिएको हो ।

अदालतले परेशले यो विषयमा पहिला नै माफी मागिसकेकाले कारबाही गर्न आवश्यक नरहेको ठहर गरेको छ । अदालतले भिडियो कन्फ्रेन्समार्फत यो मामलामा परेशलाई सोध्न सकिने जनाएको छ । यो मामलाको अर्को सुनुवाई फेब्रुअरी ५ मा हुनेछ ।

गत वर्ष गुजरात चुनावको समयमा परेशले पनि भाजपाको तर्फबाट राज्यको चुनावी र्‍यालीमा सहभागिता जनाएका थिए । यो समयमा उनले बंगालीका विषयमा भाषण गरेपछि उनी विवादमा तानिएका थिए । उनीमाथि बंगालीलाई अपमान गरेको आरोपसमेत लागेको थियो । पछि उनले सामाजिक सञ्जालमार्फत माफी मागेका थिए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १ : २१ बजे

मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण

मुस्ताङ । मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरिएको छ

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

काठमाडौं । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक

तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै

महोत्तरी । तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’

प्रथम रेडपाण्डा महोत्सव सुरु

खोटाङ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट

आजदेखि राजविराजमा मधेस प्रिमियर लिग प्रतियोगिता हुँदै

राजविराज । मधेस प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करणको तयारी