२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज



काठमाडौं । आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज भएको छ ।

बुधबार चलचित्रमा समावेश ‘मिठो मिठो’ बोलको गीत युटुयुब मा रिलिज गरिएको हो । सार्वजनिक गीतमा युग भुषालको संगीत तथा निर्देशक डा. कपिल रिजालको शब्द रचना रहेको छ । गीतमा सौरव दास र देवाञ्जली वी जोशीको स्वर रहेको छ । गीतमा चलचित्रको मुख्य भूमिकामा रहेका अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाल अभिनित छन् ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा साम्राज्ञी र जितुका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको अभिनय रहेको छ । चलचित्रको एक गीतमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।

डा। कपिल रिजालको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डा। रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ । दन्त चिकित्सक कपिल रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

चलचित्रमा डा। भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ ।

सुदीप बरालको छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । विजय बस्यालले पोस्टर डिजाइन गरेको चलचित्रको पोष्ट प्रोडक्सन सम्पुर्ण मुम्बईमा गरिएको हो ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ७ : ४९ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको