बुटवल । नेवाः समुदायको महत्वपूर्ण कर्मकाण्ड अन्तर्गत कन्याहरुको इहि र बालकहरुको केयता पुजा आजबाट शुरु भएको छ । नेवाः सेवा समाजको संयोजनमा शुरु भएको इहि र केयता पुजामा ८० बढी कन्या र बालकहरुको सहभागिता रहेको छ ।
बुटवल देबीनगर स्थित भूपु सैनीकको सभाकक्षमा शुरुभएको इहि (बेलबिबाह)का लागि बुटवल र यस आसपासका जिल्लाहरुबाट ७५ जना कन्याहरुको सहभागिता रहेको र केयता (ब्रतबन्ध) का लागि १० जना बटुक सहभागि रहेको आयोजक नेवाः सेवा समितिले जनाएको छ । यसपटकको इहि पुजामा भारतको पट्नाबाट समेत इहि गर्न कन्या लिएर अभिभावक आइपुगेको समितिका अध्यक्ष चिरन्जिबी श्रेष्ठले जानकारी दिए । इहि र क्यटा पुजाका लागि भक्तपुरबाट नेवाः पुजारी हरिशरण राजोपाध्याय र पद्मा राजोपाध्याय बोलाइएको अध्यक्ष श्रेष्ठले बताए । २ दिन सम्म चल्ने पुजामा आजबाट कन्याहरुको इही पुजा शुरु हुने र भोली बटुकहरुको केयता पुजा गरिने उनले बताए ।
पुजा शुरुहुनु अघि सहभागिहरु सहित बुटवलका नेवाः अगुवाहरुको सहभागितामा ¥याली निकालिएको थियो । धिमेबाजा सहित निस्केको ¥यालीले देबीनगर आसपासका क्षेत्रहरु परिक्रमा गर्दै भूपु सैनिक परिषरमा पुगेर पुजा प्रारम्भ गरिएको थियो ।
के हो इहि पुजा ?
नेवाः जातीमा बालिका रजश्वला हुनु अगाडी ‘इहि’ गराउने प्रचलन छ। “इ” भनेको नेपाल भाषामा समय हो र “हि” भनेको रगत हो अर्थात रगत देखा पर्नु अगाडी गर्नु पर्ने संस्कार नै इहि संस्कार हो ।
इहि गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी इहि गर्ने गर्ने बालिकाका बुवाले ईष्ट देवतासंग बिधिवत् रूपमा सम्बन्ध गास्ने काम गरेपछि यो इहि कार्य सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । । इहि संस्कार भएपछि विजोर वर्षमा बाह्र दिनसम्म बाह्रा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइने प्रचलन रहँदै आएको छ । सती प्रथा उन्मुलन गर्नका लागि इहिको परम्परा आरम्भ भएको नेवाः अगुवाहरुको दाबी छ ।
नेवार कुलमा जन्मेकी छोरीको तीनपटक विवाह हुन्छ। तीनैपटक वर (पुरुष)सँग बिहे हुने भने होइन। रजस्वला हुनुअघि नै पहिलो बिहे गरिन्छ, भगवान् विष्णुको प्रतीक सुवर्णकुमारसित अर्थात विष्णुको प्रतिक बेललाई मानेर बेलबिबाह गरिन्छ। यसलाई नेवार भाषामा इहि भनिन्छ। इहिपछि बाःराः तयेगु (गुफा राख्ने) गरिन्छ। यस क्रममा सूर्यदर्शन अर्थात् सूर्यसँग विवाह हुन्छ भने तेस्रोपटक वर (पुरुष) सँग विवाह हुन्छ। यद्यपि, सूर्यपूजा र दर्शन मात्रै गरिने, कन्यादान नगरिने हुँदा सूर्यदर्शनलाई विवाह होइन भन्ने मत पनि पाइन्छ।
यस्तो छ केयता पुजाको महत्व
केयता पुज अर्थात छोराको बुसँखा र केयता पुजालाई जीवन संस्कारका रुपमा चिनिन्छ । छोरालाई गरिने बुँसँखा संस्कारलाई चुडाकर्म पनि भनिन्छ । बालकको शिरमा कपाल खौरेर टुप्पीमात्र बाकी राखि कान समेत छेड्ने कार्य समेत यस संस्कारमा हुन्छ । यस संस्कारमा बालकलो फूपू र मामाको अहम भूमिका हुन्छ ।
बुसँखा संस्कार पश्च्यात बालक नाबालाक अवस्था पार गरि आफ्नो जातिय समाज र पारिवारिक सद्स्यताको मान्यताको योग्यता प्राप्त गर्ने परम्परागत सामाजिक विस्वास रहि आएका छ । यो संस्कारलाई गैह्र नेवाःहरु मुण्डन वा छेवर पनि भनिन्छ ।
नाबालक बालक सामाजिक र पारिवारिक सद्स्य हुन योग्य भए पश्चात् बैस्क अवस्थामा पुगेर जिवनयापनका लागि अनिवार्य शिक्षा दीक्षाको आवस्यक्ता पर्ने भएकाले बालकलाई शिक्षा दीक्षा दिने संस्कार पूरा गरिन्छ जसलाई नेवाः समाजमा ‘कयेता’ पुजा भन्छ ।
यस संस्कारमा प्रमूख तँ जिवनयापनका लागि चाहिने आवस्यक शिक्षा दीक्षा लिने बालकलाई तान्त्रोक्त विधि अनुसार कयेता लल्हाय् (हस्तान्तरण) गरिने भएकाले नै यस संस्कारलाई कयेता पुजा भन्न्दै आएको हो भनिने गरेको छ ।
कयेता पुजामा बालकको मामाको अनिवार्य उपस्थितिको आवस्यता पर्छ याने यस संस्कारमा मामाको अहम भूमिका रहेको हुन्छ । कयेता पुजजा गरि कयता (लङ्गोती) लल्हाय गरेर लिएर देखा (तान्त्रीक दिक्षा) तथा (केही नेवाः समुदायले जनै समेत धारण गर्नु पर्ने परम्परा रहेको छ) ग्रहण गरेर कयेता पुजाको संस्कार संपन्न गरि सके पछि नितिगत अनुशासनमा बस्नु पर्ने भएकाले कयेता पुजा गरिने बालक शारिरिक र मानसिक रुपमा अलि परिपक्व अवस्थाको उमेर हुनु पर्ने आवस्या भएकाले ८ वर्ष बाटमात्र कयेता पुजा गर्न योग्य उमेर पुगेको मानिने गरेको छ ।
प्रतिक्रिया