२३ चैत्र २०८१, शनिबार | April 5, 2025

चलचित्र ‘फूलबारी’ को ट्रेलर सार्वजनिक, ट्रेलरमा एउटा परिवारको माया र भरोसाको कथा



नेपाली फिल्म ‘फूलबारी’को ट्रेलर रिलिज भएको छ । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘फूलबारी’को ट्रेलरमा पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरिएको छ । बूढेसकालमा आमाबुवाप्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छन् भनेर फिल्ममा देखाउन खोजिएको छ ।

४ मिनेट ९ सेकेन्डको ट्रेलरले नेपाली समाजको कहालीलाग्दो पाटोमा एउटा सुखी घर असमझदारीले कसरी उजाडिन्छ भन्ने कथा प्रस्तुत गरिएको छ । दाम्पत्य जीवनमा प्रेम कति महत्त्वपूर्ण रहन्छ भन्ने सन्देशसमेत फिल्मको ट्रेलरले दिन खोजेको देखिन्छ ।

अभिभावक र सन्तानबीचको सम्बन्धको गहिरिएर देखाउन खोजिएको सार्वजनिक ट्रेलर हेर्दा प्रियंका कार्की छुच्ची बुहारीको भूमिकामा छिन् । छोराछोरी सक्षम भएपछि पराया हुने संकटको कथा हो – ‘फूलबारी’को ट्रेलरले भन्न खोजेको कथा ।

फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङलगायत कलाकारले शीर्ष भूमिका निर्वाह गरेका छन् ।

फागुन ५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘फूलबारी’ यशोधा फिल्मस्‌ले निर्माण गरेको हो । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । फिल्ममा कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत सुन्न सकिन्छ ।

अमेरिकी छायाकार जोस हेरमले खिचेका फिल्ममा मनिष ढकालले लगानी गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ६ : १० बजे

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

रवि लामिछानेलाई आज भैरहवा ल्याइँदै

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज

आईपीएल : मुम्बई माथि लखनउको १२ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स माथि लखनउ

नेपाल बारमा आज निर्वाचन, अध्यक्षमा मिश्र र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । नेपाल बार एशोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको अध्यक्षका