२३ भदौ २०८१, आइतबार | September 8, 2024

एक महिनासम्म दैनिक १२ घण्टा बन्द गरिँदै पाल्पा–गुल्मी सडकखण्ड



बुटवल । पाल्पा–गुल्मी सडकखण्ड एक महिनासम्म दैनिक १२ घण्टा बन्द हुने भएको छ। ​

तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले आज (सोमबार) देखि फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

बिहान ५ देखि ९ बजेसम्म , दिउँसो १२ देखि ४ र बेलुकी ६ देखि राति १० बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

मुल सडकखण्ड बन्द भएको अवस्थामा सवारी साधन वैकल्पिक सडकको प्रयोग गर्दै जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाबाट आवतजावत गर्न सक्ने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ७ : ०१ बजे

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल