८ बैशाख २०८२, सोमबार | April 22, 2025

अपराधको चरित्रमा देखिने बहुआयामिक फेरबदलको सामना गर्नेगरी रणनीति बनाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले सूचना र प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्रै पारेको नभइ अपराधको चरित्रमा बहुआयामिक फेरबदल ल्याएको बताएका छन् ।

बाइसौँ सशस्त्र प्रहरी दिवस २०७९ को अवसरमा आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान विश्व परिभेषलाई मूल्याङ्कन गर्दै बदलिँदो अपराधको चरित्रजस्ता सुरक्षा चुनौतीलाई सामाना गर्नका लागि आवश्यक रणनीति बनाइ सोहीअनुसार परिचालित हुन सुरक्षा निकायलाई निर्देशन पनि दिए ।

प्रधानमन्त्री प्रचण्डले अपराधलाई निरुत्साहित गर्दै नेपाल सरकारको सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय रणनीतिक लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दारी र प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरे । मुलुकको राजनीतिक सङ्क्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । प्रधानमन्त्री प्रचण्डले प्राकृतिक एवं मानव सिर्जित विपद्मा सशस्त्र प्रहरीले कर्तव्यनिष्ट भएर काम गरेकोमा मुक्तकण्ठले प्रशंसा गरे ।

उनले नेपालको सीमा सुरक्षामा ‘डेडिकेटेड’ सुरक्षा फौजको रुपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक एवं वातावरण प्रतिकूलता र सीमित पूर्वाधारका बाबाजुद राष्ट्र सेवाको भावनासहित परिचालित सशस्त्र प्रहरीलाई विशेष धन्यवाद र आभार व्यक्त गरे ।

उनले नेपालको सीमा सुरक्षार्थ चारै दिशाका सीमा क्षेत्रमा परिचालन गर्न आवश्यक साधन स्रोत, सीप, तालिम र प्रोत्साहनको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको पनि बताए । उनले राजस्व सङ्कलनमा पु¥याएको सहयोग, व्यक्ति सुरक्षा तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानुन कार्यान्वनय र जनताको जीउधनको सुरक्षामा सशस्त्र प्रहरीले पु¥याएको योगदानको पनि प्रशांसा गरे ।

उनले सशस्त्र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउनमा सरकार गम्भीर रहेको बताए । सशस्त्र प्रहरीतर्फ इङ्कित गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “तपाईहरुलाई स्रोत र सधानको अभाव छ, भन्ने कुरा हामी सबैलाई जानकारी छ, हातहतियार, गोलीगट्टा, आवास एवं लजिष्टिकका सामान, विपद् व्यवस्थापनका सामान, सवारी तथा भौतिक पूर्वाधार र आवश्यक उपकरण एवं जनशक्तिका लागि सरकारको तर्फबाट यथासम्भव पहल हुने विश्वास व्यक्त गर्दछु ।”

प्रधानमन्त्री प्रचण्डले संवैधानिक सर्वोच्चता र कानुनी शासनको मान्यतालाई आत्मसात गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा एवं जनताको जीउधनको सुरक्षा र सामाजिक सद्भावको विकास तथा समय परिस्थितिअनुसार नेपाल सरकारबाट प्रदान गरिएको आदेश र निर्देशनलाई पालन गरी अनुशासित, नैतिकवान, व्यावसायिक एवं कर्तव्यनिष्ट हुन पनि आग्रह गरे । उनले सबै निकायसँग सहकार्य र समन्वय गरी कार्य क्षेत्रमा परिचालित हुन सशस्त्र प्रहरीलाई निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले दिवसले मानवअधिकारको पूर्ण पालना भ्रष्टाचार र लैङ्गिक विभेदमा शून्य सहनशिलताका नीतिको प्रभावकारी कार्यान्वयन गर्दै जनताको मन मस्तिष्कलाई जित्ने गरी कार्य क्षेत्रमा खटिन र जनताको सेवा र सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरीलाई सफलता मिलोस् भनी शुभकामना दिए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ९ : ३३ बजे

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

लुम्बिनी कप महिला फुटबल : कर्णालीलाई ६–० ले पाखा लगाउदै एपिएफ सेमिफाइनलमा

नेपालगन्ज । नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा

एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मङ्गलबार नेपाल कम्युनिष्ट