२८ मंसिर २०८२, आइतबार | December 15, 2025

उपसभामुखको निर्वाचन आज : राष्ट्रिय स्वतन्त्र पार्टीकी राना र कांग्रेसकी यादवबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । संघीय संसद् सचिवालयको कार्यतालिका अनुसार आज दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुनेछ ।

उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र सत्ता गठबन्धन बाहिरका दलको तर्फबाट नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवको उमेदवारी दर्ता भएको छ ।

उपसभामुखमा रानाको प्रस्तावकमा रास्वपाकी सांसद शोविता गौतम छिन् । समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका कृष्णगोपाल श्रेठ र माओवादी केन्द्रकी नारायणी शर्मा छन् ।

यादवको प्रस्तावकमा नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका बद्री पाण्डे छन् । समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ल, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ८ : ०८ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर