२३ भदौ २०८१, आइतबार | September 8, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरालाई उपसभामुखको उम्मेदवार बनाउने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । त्यसैले अब राना सत्तागठबन्धनको साझा उम्मेदवार बन्ने भएकी छन् । यसअघ रास्वपामा सोविता गौतम, सुमना श्रेष्ठ, चन्दा कार्कीको नाम चर्चामा थियो । चारमध्ये उप्रेतीले सभामुख बन्न निकै लबिइङ गरेकी थिइन् । अब उनी इन्दिराको प्रस्तावक बन्ने भएकी छन् ।

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन दिउँसो १ देखि अपरान्ह्र ४ बजेसम्मका लागि तोकिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १ : ३१ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर