८ आश्विन २०८१, मंगलबार | September 25, 2024

राष्ट्र बैंकले हटायो आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्षपछि आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ।

मुलुकको विदेशी मुद्राको सञ्चितिमा ह्रास आएसँगै राष्ट्र बैंकले गत वर्षदेखि आयातमा लगाउँदै आएको अनिवार्य नगद मार्जिनको व्यवस्था हटाएको छ ।

एक वर्षदेखि आयातको प्रतिपत्रमा ५० देखि ७० प्रतिशतसम्मको रकम व्यवसायीले आफैंले हाल्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको थियो । बिहीबार परिपत्र जारी गर्दै बैंकले यस्तो व्यवस्था ल्याइको हो ।

राष्ट्र बैंकले २०७८ पुस र माघमा दुईपटक गरेर ४८ समूहका हार्मोनी कोडका वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो । तर, अझै पनि राष्ट्र बैंकले कतिपय वस्तुहरुमा आयातमा नगद मार्जिनको व्यवस्था कायमै राखेको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : ३० बजे

क्रिप्टो कारोबार : आरोपी प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

काठमाडौं । क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर

मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने

काठमाडौं । महिला र पुरुष दुवै जना नाबालक भएको र

शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौं । आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम