२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

प्रतिनिधिसभाले नयाँ सभामुख पाउँदै, यसरी हुनेछ निर्वाचन



काठमाडौं। प्रतिनिधिसभाले बिहीबार नयाँ सभामुख पाउँदैछ । त्यसका लागि प्रतिनिधिसभाको बैठक सुरु भएको छद्ध । बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्।

त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया सुरु हुनेछ। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सो प्रस्तावलाई प्रतिनिधिसभा सदस्यहरू हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछानेले समर्थन गर्नेछन्।

त्यसपछि सभामुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । शर्माको प्रस्तावलाई प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले समर्थन गर्ने कार्यसूची छ।

ज्येष्ठ सदस्य राणाले त्यसपछि मत विभाजन गर्नेछन् । पक्ष र विपक्षका सांसदलाई ‘हुन्छ’ र ‘हुन्न’ भन्ने गरी हस्ताक्षर गर्न लगाइने छ । दुवै उम्मेदवारमा जसले हुन्छ भन्ने मत बढी ल्याउँछन् उनै विजयी घोषणा गरिनेछ । नयाँ सभामुखले उपसभामुखको निर्वाचनको मिति तोक्नेछन् ।

सत्तागठबन्धनका उम्मेदवार घिमिरेलाई एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४ सांसदको समर्थन छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन गरेका जसपा, जनमत पार्टीले सभामुखमा कसलाई भोट हाल्छन् भन्ने खुलेको छैन । नागरिक उन्मुक्ति पार्टी पनि अलमलमा छ । यदि तीन पार्टीले भोट हालेनन् भने घिमिरेले १४४ मत पाउने देखिन्छ । जुन विजयका लागि पूर्ण हुन्छ ।

कांग्रेस उम्मेदवार न्यौपानेलाई कांग्रेसका ८८, एकीकृत समाजवादीका १०, लोसपाका चार सांसदको समर्थन छ । जसपाले पनि न्यौपानेलाई मत हाल्ने बताइएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ११ : १० बजे

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, शवलाई बोरामा हालेर खोला किनारमा गाडीयो

सिरहा । गोलबजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट

बङ्गलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान

ढाका । बङ्गलादेशको एक अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई समर्थन

काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा, दोस्रोमा दिल्ली

काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा आएको छ