२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

स्वदेशमै बस्न प्रेरित गर्ने ‘चाहिँदैन भो पैसाको थुप्रो नी’



काठमाडौं । अमेरिकामा बसेर लामो समयदेखि गीत सङ्गीतमा सक्रिय गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

पैसा कमाउनकै लागि विदेशिनु पर्दैन बरु विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने भाव गीतले व्यक्त गरेको छ । यस गीतमा शब्द गणेश शाहीको रहेको छ भने सङ्गीत गायक गैरेकै छ । गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका हुन ।

‘चाहिँदैन भो पैसा थुप्रो नी, दरबारै लाग्छ यो सानो झुप्रो नी’, ‘बोकौँला भारी ढाडैमा, तिमी चाहिँ हुनु आडैमा, मेटौँला बरु भोकपनि एक छाक माडैमा’, ‘निदाउँला तिम्रो काखैमा, नराख पाखैमा, कटाउँला बरु रात हेरेर आँखैमा’, ‘नजाऊ छोड परदेश, जो छ खाउँला स्वदेशमा’ लगायत गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् ।

म्युजिक भिडियोमा दुई युवा दम्पतीको जीवन सङ्घर्षलाई प्रस्तुत गरिएको छ । श्रीमानलाई स्वदेशमै छोडेर श्रीमती वैदेशिक रोजगारका लागि जान तयार भएपछिको अवस्थालाई गीतमा प्रस्तुत गरिएको छ । भिडियोमा बिना राउत र सरोज प्रजाको बेजोडको अभिनय हेर्न सकिन्छ । फराज अर्पणले छायाङ्कन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ८ : ३१ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको