२८ मंसिर २०८२, आइतबार | December 15, 2025

शुद्धोधनमा माघी महोत्सव : थारु पहिचानको लागि एकता आवश्यक



बुटवल । थारु कल्याणकारी सभा शुद्धोधन गाउँपालिकाको आयोजानमा वडा नम्बर ४ दर्वाहमा माघे शंक्रान्तीको अवसरमा दुई दिने मेला गरिएको छ ।

मेलाको मुल कार्यक्रमलाई संवोधन गर्दै थारु कल्णणकारी राष्ट्रिय सभा केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले थारु पहिचानको लागि एकता आवश्यक रहेको बताए ।

उनले सास्कृतिक पर्वको रुपमा रहेको माघीलाई राष्ट्रिय पर्वको स्थापना गर्नुपर्ने बताएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश सांसाद निर्मलादेवी चौधरीले थारु पहिचानको लागि आ आफ्नो स्थानबाट लाग्नुपर्ने बताईन ।

गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले थारु समुदायको महान पर्वलाई विगत लामो समय देखि गाउँपालिकाले सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा पनि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जानाए ।

निर्वतनमा प्रदेश सभा सदस्य पुष्पा चौधरीले विगत लामो समय देखि थारु पहिचानको आन्दोलन जारी रहेको भन्दै यसलाई सबैले निरन्तरता दिनुपर्ने बताईन ।

वडा अध्यक्ष चन्द्रभान चौधरी, भगवती चौधरी, जिल्ला सभापती सतिष चौधरी, सचिव सरिता चौधर लगायतले मन्तव्य राखेका थिए ।
दुई दिन सम्म चलेको माघी महोत्सवमा विभिन्न सास्कृतीक कार्यक्र सहित खेलकुद कायृक्रम समेत अयोजना गरिएको थारु कल्णकारी सभा शुद्धोधन गाउँपालिका अध्यक्ष पल्टन चौधरीले जानकारी दिए ।

महत्सवमा थारु परिकार सहित विभिन्न सास्कृतिक कार्यक्रम, भेषभुषा समेत प्रर्दशन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गायक तथा गायिकाहरुको बेजोड प्रस्तुती समेत रहेको थियो ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : ४१ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर