८ आश्विन २०८१, मंगलबार | September 25, 2024

पाँच महिनामा भित्रियो चार खर्ब ८० अर्ब विप्रेषण



काठमाडौं । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह छ दशमलव तीन प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१ दशमलव छ प्रतिशतले वृद्धि भई पाँच खर्ब ३० अर्ब छ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १ : ३१ बजे

क्रिप्टो कारोबार : आरोपी प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

काठमाडौं । क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर

मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने

काठमाडौं । महिला र पुरुष दुवै जना नाबालक भएको र

शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौं । आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम