१९ आश्विन २०८१, शनिबार | October 5, 2024

नेपाल टी- २० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी : सिआइबी



काठमाडौं । हालै सम्पन्न नेपाल टी२० क्रिकेट लिगमा स्पट फिक्सिङसँग सम्बन्धित समाचारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई उदृद्ध गर्दे विभिन्न सञ्चारमाध्यमले समाचार लेखेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सिआइबीसँग कुराकानी नै नगरी समाचार लेखेकोमा ती सञ्चारमाध्यमको कामप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

सिआइबीले बिहीबार विज्ञप्ति जारी गर्दै शंकास्पद गतिविधिमा सम्लग्नमाथि छानबिन गर्न ब्यूरोले समिति गठन गरेको र छानबिन जारी नै रहेको जनाएको छ । समितिले अनुसन्धान र छानबीन प्रतिवेदन पेश गरी निष्कर्षमा पुगी नसकेको अवस्थामा ब्यूरोको श्रोत उल्लेख गरी समाचार नलेख्न आग्रह गरेको छ ।

केही पूर्व खेलाडी, तथा अन्य व्यक्तिका नाम उल्लेख गरी समाचार प्रकाशित गरेको पाइएकोले यस किसिमका तथ्यहीन र दिग्भ्रमित हुने किसिमका समाचारले ब्यूरोप्रतिको आम नागरिकको विश्वास टुट्ने उल्लेख छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  २ : ५० बजे

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँ घर

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको

४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद्

दाउन्नेमा सडक भासियो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम

‘प्रदेश सरकारले ६० प्रतिशत आयोजनाको ठेक्का आह्वान गरिसक्यो’

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले हालसम्म