८ आश्विन २०८१, मंगलबार | September 25, 2024

देशभरका लघुवित्त पीडितहरुले बुटवलबाट गरे आन्दोलनको उद्घोष



बुटवल । देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्त विरुद्ध संघर्ष समितिले बुटवलबाट आन्दोलनको उदघोष गरेका छन् ।

बुटवलमा भेला भएका लघुबित्तबाट ठगिएकाहरुले लघुवित्तको खोलमा ठगी बढेको गुनासो गर्दै लघुबित्त खारेजीको माग गर्दै बुटवलमा प्रदर्शन गरेका छन् ।

बिहीबार बुटवलको ट्राफिक चोकमा निकालिएको विरोध र्‍यालीमा सहभागीहरू महिलाहरुले पीडितहरूले सरकारी निकाय गैरजिम्मेवार बन, लघुवित्त संस्थाहरूको खारेजी गर, सामूहिक ऋण मिनाहा गर लगायतका नारा लगाएका थिए । प्रदर्शमा महिलाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

‘नवसामन्ति’ को रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज हुनुपर्ने, सामूहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग सहित आन्दोलन थालिएको समितिका अध्यक्ष मनिराम ज्ञवालीले बताए ।

लुघुबित्त पििडतहरुको प्रदर्शनका कारण बुटवल ट्राफिक चोकको सवारी आवागमन केहीबेर अस्तब्यस्त बनेको थियो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ५ : ५१ बजे

क्रिप्टो कारोबार : आरोपी प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

काठमाडौं । क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर

मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने

काठमाडौं । महिला र पुरुष दुवै जना नाबालक भएको र

शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौं । आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम