२३ भदौ २०८१, आइतबार | September 8, 2024

आजबाट बुटवलमा दर्ता नभएका ई-रिक्शा चल्न नदिइने, ओभरलोड बोक्ने भारतीय सवारी चल्न नपाउने



बुटवल । बुटवल उपमहानगर र ट्राफिक प्रहरीले आजबाट बुटवल उपमहानगरमा दर्ता नभएका ई रिक्शालाई उपमहानगर क्षेत्रमा चल्न नदिने भएका छन् । उपमहानगरको निर्णय कार्यान्वयन गर्न भन्दै हालै राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालयमा काज सरुवामा आएका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आजबाट दर्ता नभएका ई रिक्शा चल्न नदिने घोषणा गरेका हुन् ।

पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम राखेर एसपी अधिकारीले आफु दुर्घटना न्युनिकरणका लागि पत्रकारहरुसँगै हिँड्न चाहेको बताए । ई रिक्शा नगर भित्र दुर्घटनको मुख्य कारक भएको उल्लेख गर्दै उनले आफ्नो पहिलो काम नगरभित्र चल्ने ई रिक्शाको व्यवस्थापन भएको बताए ।

एसपी अधिकारीले सवारी चेकजाँचलाई तिब्र पारिने जानकारी दिँदै अवदेखि भारतबाट आउने ओभरलोड सवारीलाई पनि मापदण्ड विपरित सडकमा गुड्न नदिने बताए । सडकको क्षमता भन्दा बढीको सवारीमा आएको सामानको भन्सार नै नगर्ने गरि तयारी भइरहेको उनले बताए ।

बुटवल उपमहानगरले पटक पटक ई रिक्शा दर्ताको सूचना निकालेर दर्ता बेगरका ई रिक्शा चल्न नदिने सूचना जारी गरेपनि कार्यान्वयन गर्न सकेको थिएन । नयाँ एसपी आएसँगै उपमहानगरको निर्णय कार्यान्वयन हुन थालेको हो । सोही सन्दर्भमा आज उपमहानगरले पनि एक कार्यक्रम राख्दै दर्ता बेगरका ई रिक्शा नियन्त्रणको कार्यआरम्भ गरेको छ । उपमहानगर प्रमुख खेलराज पाण्डे र उप प्रमुख साबित्रा अर्यालले ट्राफिक प्रहरीलाई नो पार्किङको बोर्ड हस्तान्तरण गर्दै नगर व्यवस्थापनको थालनी गरेका हुन् ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १२ : ४७ बजे

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल